शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा पनि निषेधाज्ञा थपियो

बिहीबार, ३० वैशाख २०७८, १७ : ४४
बिहीबार, ३० वैशाख २०७८

सर्लाही । सर्लाहीमा थप १० दिनसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।

कोरोना संक्रमणको दर निरन्तर बढ्दै गइरहेकाले निषेधाज्ञाको समयअवधि थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायतकाहरु बन्द रहने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने छ ।

खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन हुने उनले बताए । सर्लाहीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ भने यस जिल्लामा कोरोना संक्रमणबाट अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप