शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरमा थप १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, ३० वैशाख २०७८, १७ : ३७
बिहीबार, ३० वैशाख २०७८

मकवानपुर । मकवानपुरमा बिहिबार थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २ सय ८३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ७२ जना महिला र ८७ जना पुरुष गरी १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा जिल्ला बाहिरका ६ जनासहित मकवानपुरगढी गाउँपालिकाका ८ जना, बकैयाका एक जना, मनहरीका ५ जना र हेटौंडा उपमहानगरपालिकाका १ सय ६३ जना रहेका छन् । त्यस्तै सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ का २१ जना महिला र ११ जना पुरुष गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वडागत रुपमा हेटौँडा–१ का ३ जना, हेटौँडा–२ का ९ जना, हेटौँडा–५ का १७ जना, हेटौँडा–६ का ८ जना, हेटौँडा–७ का ५ जना, हेटौँडा–८ का ५ जना, हेटौँडा–९ का ९ जना, हेटौँडा–१० का १४ जना, हेटौँडा– ११ का १७ जना, हेटौँडा–१२ का २ जना, हेटौँडा–१३ का १ जना, हेटौँडा–१५ का ३ जना, हेटौँडा–१६ का १ जना, हेटौँडा–१८ का ५ जना, हेटौंडा–१९ का ३ जना र वडा नम्बर खुल्न नसकेका हेटौंडाका अर्का ५ जनामा संक्रमण पुष्टि भएको छ । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर ५६ प्रतिशत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप