काँग्रेस पदाधिकारी बैठक जारी
बिहीबार, ३० वैशाख २०७८, १६ : ५७
काठमाडौं । नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक चलिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा साढे ४ बजेपछि बैठक सुरु भएको हो । बहुमतको सरकार गठनका लागि दाबी पेस गर्नुअघि देउवाले पार्टीका पूर्व र वर्तमान पदाधिकारीसँग छलफल थालेका हुन् ।
पदाधिकारी बैठकअघि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । यस्तै आज बिहान देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छन् । सो समयभित्र राष्ट्रपति समक्ष दाबी पेस गर्ने काँग्रेसको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो अप्राकृतिक सरकार भएकाले अब चल्न सक्दैन : प्रचण्ड
-
तस्बिरमा हेर्नुहोस् सेनाको गोरखा–काठमाडौँ एकीकरण पदयात्रा
-
भुक्तानी नपाएको भन्दै राष्ट्रिय भेला बोलाएपछि व्यवसायीसँग अर्थमन्त्री ‘आक्रोशित’
-
योजना कार्यान्वयनमा जनस्तरबाट निगरानी बढाउनुहोस् : मुख्यमन्त्री आचार्य
-
टाटे सिमीमा विषादी
-
पशुपति धर्मशाला प्रकरणमा महानगरविरुद्ध उच्च अदालतको अर्को आदेश