शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस पदाधिकारी बैठक जारी

बिहीबार, ३० वैशाख २०७८, १६ : ५७
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं । नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल  गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक चलिरहेको छ ।  काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा साढे ४ बजेपछि बैठक सुरु भएको हो । बहुमतको सरकार गठनका लागि दाबी पेस गर्नुअघि देउवाले पार्टीका पूर्व र वर्तमान पदाधिकारीसँग छलफल थालेका हुन् ।

पदाधिकारी बैठकअघि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । यस्तै आज बिहान देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छन् । सो समयभित्र राष्ट्रपति समक्ष दाबी पेस गर्ने काँग्रेसको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप