शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘चीनले १० सातामै तयार गर्नसक्छ नयाँ स्वरुपको कोरोनाविरुद्ध लड्न सक्ने खोप’

बिहीबार, ३० वैशाख २०७८, १६ : ५३
बिहीबार, ३० वैशाख २०७८

एजेन्सी । चिनियाँ खोप निर्माता कम्पनी सिनोभ्याकले भारतमा भेटिएको नयाँ भेरिएन्टको कोरोना भाइरसविरुद्धको खोप झन्डै दुई महिनामा ल्याउन सक्ने विज्ञहरुले बताएका छन् । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँगको कुराकानीमा त्यहाँका विज्ञहरुले यस्तो धारणा राखेका हुन् । 

यसअघि सिनो भ्याक कम्पनीले कोरोना भाइरसका विभिन्न म्युटेसनहरुबारे अध्ययन भइरहेको र यी म्युटेसनहरुबाट जोगाउने अपडेटेड भ्याक्सिन १० साता भित्र उत्पादन गर्न सकिने दाबी गरेको थियो, यो खुला साचीनको ‘का कुङ पाओ’ पत्रिकामा छापिएको थियो । 

बनिसकेकोे भ्याक्सिन उत्पादनका लागि पाइप लाइनमा रहेको अवस्थामा भविष्यमा अपडेटेड कोभिड १९ भ्याक्सिनको उत्पादन निकै तिव्र रुपमा हुनसक्ने सिनो भ्याकका प्रवक्ता लिउ पेइचेङले लिउले बताएका थिए । लिउकाअनुसार ब्राजिल, चिलीलगायत कोरोनाको म्युटेसन भइरहेका ठाउँमा सिनोभ्याकले आफ्नो खोप प्रयोग गरिरहेको छ र भाइरसविरुद्ध यसले राम्रो सुरक्षा दिइएको पनि देखिएको छ ।  

विज्ञहरु पनि यो दाबीमा सहमत देखिएका छन् । म्युटेन्ट स्ट्रेन फेला पारिसकेपछि उत्पादकले केवल फर्मेन्टरमा सिड भाइरस रिप्लेस गरे पुग्ने र अन्य प्रक्रियामा कुनै परिवर्तन गर्नु नपर्ने विज्ञहरुले बताएका छन् । ‘यो सुधार दुई महिनामा पूरा हुनसक्छ । जनावरमा वा मानिसमा पहिलो चरणको परीक्षण गरेपछि यो आपतकालिन प्रयोगका लागि पर्याप्त हुन्छ,’ सांघाई स्थित खोप विज्ञ ताओ लिनाले ग्लोबल टाइम्ससँग भने । 

भारतमा भेटिएको बी.१.६१७ खोपले अहिलेको खोपलाई कम प्रभावकारी बनाउँछ भन्नेबारे पर्याप्त प्रमाण नभेटिएको पनि चिनियाँ विज्ञहरुले बताएका छन् । भारतमा अहिले महामारी अस्थिर अवस्थामा रहेको र भाइरसमा बदलाव भइरहने भएकाले खोपका लागि स्टेेनको छनोट गर्न यो सही समय नभएको उनीहरुले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप