बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

अखिल (क्रान्तिकारी) ले सुरु गर्‍यो कोभिड हेल्प डेस्क

बिहीबार, ३० वैशाख २०७८, १६ : ४५
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कोभिड हेल्प डेस्क सुरु गरेको छ। कोरोनाको दोस्रो लहरका कारण मुलुकको अवस्था भयावह र  त्रासदीपूर्ण बनेकाले कोभिड संकटमा सामान्य सहयोग पुर्याउने हेतुले कोभिड हेल्प डेस्क सुरु गरिएको सो संगठनले जनाएको छ ।

क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले एक विज्ञप्ति जारी गरी उपचारका लागि अस्पतालका बेड, आईसीयू, भेन्टिलेटर नपाएर दैनिक सयौं संक्रमितहरु मृत्युवरण गर्न बाध्य भएको र अक्सिजनको अभावमा अस्पताल,आईसोलेसन र क्वारेन्टाईन वधशालामा परिणत हुँदै गएको बताउँदै सरकारलाई अविलम्ब नागरिकको स्वास्थ्य उपचारमा ध्यान पुर्याउन माग गरेका छन् ।

क्रान्तिकारीले तत्काल स्वास्थ्य संकटकाल लगाएर देशका श्रोत साधन परिचालन र विदेशी सहायता, दातृ निकायसँगको समन्वय लगायतका विकल्पको समुचित परिचालन मार्फत भयावह अवस्थामा गम्भिर बन्न नेपाल सरकार, सम्पुर्ण राजनीतिक दल, बिभिन्न जिम्मेवार निकायहरुलाइ अनुरोध समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप