सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सगरमाथाको क्याम्प–२ मा मानव कंकाल भेटियो

बिहीबार, ३० वैशाख २०७८, १६ : ३८
बिहीबार, ३० वैशाख २०७८

 ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन कार्यमा खटिएका नेपाली सेनासहितको संयुक्त टोलीले सगरमाथाको क्याम्प–२ मा मानव कंकाल फेला पारेको छ ।

संकलित फोहोरलाई बेस क्याम्पमा रि–प्याकिङ गर्ने क्रममा मानव कंकालको दायाँ हात र बायाँ पाखुरा फेला परेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जनाएको छ ।

वैशाख २८ गते फेला परेको मानव कंकाललाई सोही दिन सगरमाथा बेस क्याम्पबाट हेलिकोप्टरमार्फत लुक्ला पठाएको र आवश्यक प्रक्रियाका लागि लुक्लास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइएको पनि निर्देशनालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप