देउवा–प्रचण्ड भेटवार्ता : समयमै बहुमतीय सरकारको दावी पेश गर्ने
बिहीबार, ३० वैशाख २०७८, १६ : ३२
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिव आधा घण्टा भेटवार्ता भएको छ ।
दुई नेताबीचको भेटवार्तामा राष्ट्रपतिले तोकेको समय सीमाभित्र नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्नेबारे छलफल भएको छ ।
साथै उनीहरुबीच जसपा र एमालेको माधव नेपाल समुहले गर्ने सम्भावित निर्णयबारे समेत छलफल भएको दुवै नेता निकट स्रोतले बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आज राति नौ बजेसम्म दावी पेश गर्न दलहरूलाई आव्हान गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
कुशलले कप्तानी जिम्मेवारीमा धेरै विकास गरेको छ : शरद भेषावकर