बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेती प्रादेशिक अस्पतालमा तीन संक्रमितको मृत्यु

बिहीबार, ३० वैशाख २०७८, १६ : २९
बिहीबार, ३० वैशाख २०७८

कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा तीन संक्रमितको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा गोदावरी–३, कैलालीका ३१ वर्षीय पुरुष, धनगढी–२ कैलालीका ४९ वर्षीय पुरुष र गोदावरी–३ कैलालीकै ५२ वर्षीय पुरुष छन् ।

पछिल्लो २४ घण्टामा ७७६ नमुना परीक्षण गर्दा २७० जनामा कोरोना पुष्टी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप