मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरब जाने ‘विशेष चार्टर्ड उडान छ’ भनेर ठग्न खोजेको आरोपमा पक्राउ

बिहीबार, ३० वैशाख २०७८, १६ : १०
बिहीबार, ३० वैशाख २०७८

 साउदी अरेबियाको रियाद जानका लागि ‘विशेष चार्टर्ड उडाउन छ’ भनेर सामाजिक संजालमा भ्रामक सूचना राखेर ठग्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ घर भई काठमाडौं बस्ने उमेश गुप्ता छन् ।

अभिवादन एक्सपिडीसन होलिडेजका संचालक समेत रहेका ३९ वर्षीय गुप्तालाई सोह्रखुट्टेबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

वैशाख २६ र २८ मा काठमाडौंबाट रियाद जाने विशेष चार्टर्ड उडान भएको हुनाले टिकट बुकिङका लागि सम्पर्क गर्नुहोला भनेर गुप्ताले सूचना जारी गरेको थिए ।

सो मितिमा कुनैपनि बिमानलाई चार्टर्ड अनुमति नदिएको हुनाले भ्रामक सूचना जारी गर्नेलाई कारवाही गर्न नागरिक उड्ययन प्राधिकरणले प्रहरीलाई पत्राचार गरेको थियो । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उडानबारे भ्रामक सूचना जारी गर्ने गुप्तालाई अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप