बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्योकुसिनका बज्राचार्यको नाममा प्रतिस्ठान गठन गर्ने तयारी

बिहीबार, ३० वैशाख २०७८, १६ : ०८
बिहीबार, ३० वैशाख २०७८

कोरोना भाइरस संक्रमणका कारण निधन भएका क्योकुसिन करातेका गुरु रामजीप्रसाद बज्राचार्यको नाममा ‘रामजीप्रसाद बज्राचार्य प्रतिस्ठान’ खोलिने भएको छ । रामजीको परिवार, क्योकुसिनका उनका चेलाहरुको सहयोग र नेपालमा रहेका क्योकुसिन कराते आवद्ध संघहरुको सहयोगमा उक्त प्रतिस्ठान गठन गर्न लागिएको नेपाल शो क्योकुसिन कराते संघका ब्राञ्च चिफ राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिस्ठान गठनका निम्ति विभिन्न देशमा रहेका खेलाडीहरुले सहयोग रकम पठाउन थालिसकेका छन् । जसबाट झन्डै ४ लाख रुपैंया उठिसकेको ब्राञ्च चिफ श्रेष्ठले बताए ।
सहयोग रकम उठ्ने क्रम जारी रहेको र प्रतिष्ठान स्थापनार्थ ५० लाख रुपैंयाँ उठ्ने अनुमान गरिएको छ । ‘प्रतिष्ठान कोष’ स्थापनका लागि नेपाल लगायत विश्व क्योकुसिन कराते परिवार सम्मिलित प्रतिष्ठान कोष आर्थिक संकलन समिति गठन गरिएको छ ।

ब्राञ्च चिफ श्रेष्ठका अनुसार प्रतिष्ठानले क्योकुसिनको विकासमा काम गर्नेछ । क्योकुसिनका वर्षका उत्कृष्ट खेलाडीलाई पुरस्कार दिने र रामजीको नामबाट प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको ब्राञ्च चिफ श्रेष्ठले बताएका छन् ।
रामजीप्रसाद बज्राचार्यको गत मङ्गलवार निधन भएको थियो ।

क्योकुशिन करातेका पूर्व अन्तराष्ट्रिय चर्चित खेलाडी, वरिष्ठ प्रशिक्षक उनी नेपाल फुल कन्ट्याक्ट् कराते महासंघका वरिष्ठ उपाध्यक्ष थिए । स्व. बज्राचार्यले सन् १९८२ मा सिंगापुर र १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कनट्याक्ट कराते च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । इन्डोनेसियामा उनले काश्य पदक जितेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप