बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दोहोरो अंकले बढ्यो नेप्से, फाइनान्सिङ क्षेत्र चम्किदा ७ अर्बको कारोबार

बिहीबार, ३० वैशाख २०७८, १६ : ०७
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार आज नेप्से परिसूचक १०.१३ अंकले वृद्धि भएर २६८४.०१ विन्दुमा पुगेको छ । यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १.१२ अंकले बढेर ४७९.५० विन्दुमा पुगेको छ । बिहीबार व्यापार र होटल समूह बाहेकका सबै बैंक, फाइनान्स, बीमा, हाइड्रो लगायतका क्षेत्रहरु सकारात्मक रहेका छन् । 

कल २१८ कम्पनीको २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता सेयर ८६ हजार २९६ पटक कारोबार हुँदा बिहिबार अधिकतम ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रुपैयाँको कारोबार भएको छ ।  यस दिन सबैभन्दा बढी फाइनान्सिङ क्षेत्रले अधिकतम ४.६८ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढि व्यापार र होटल तथा पर्यटन क्षेत्रले ०.६ प्रतिशतले गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप