शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अक्सिजनलगायत स्वास्थ्य सामाग्री आयातमा डलर सटहीको सीमा हट्यो

बिहीबार, ३० वैशाख २०७८, १६ : ०२
बिहीबार, ३० वैशाख २०७८

अक्सिजनलगायत स्वास्थ्य सम्बन्धी सामाग्रीको आयातको सीमा असार मसान्तसम्मका लागि हटाइएको छ । स्वास्थ्य सम्बन्धी सामाग्रीको आयातका लागि डलर सटही सुविधाको सीमा नलाग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । 
कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै नेपाल राष्ट्र बैंकले डलर सटहीमा लाग्ने सीमाको व्यवस्था हटाइएको हो । अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, ट्याङकी, जेनेरेटर,, प्लान्टस लगायत अक्सिजन सम्बन्धि सामाग्री आयातको लागि असार मसान्त सम्म सीमा अनिवार्य नहुने व्यवस्था गरेको राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै जनाएको हो । 

अहिले प्रतितपत्र बिना ड्राफ्ट र टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवत्‌र्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप