मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा र ओलीसँगको भेटपछि महन्थले सांसदलाई रिसोर्टमा राखे

बिहीबार, ३० वैशाख २०७८, १५ : १५
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं । गठबन्धनको सरकार निर्माणको पक्षमा नदेखिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सांसदलाई रिसोर्टमा राखेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली भेटपछि ठाकुर महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा थुनेको पाएको छ ।

बुढानिलकण्ठमा देउवालाई भेटेर बालुवाटारमा ओलीसँग भेटवार्ता गरेका ठाकुर र महतोले तत्कालीन राजपाको पार्टी कार्यालय बबरमहलमा भेला गराएर सांसदहरुलाई भक्तपुर लगेका हुन् । रिसोर्टमा रहेका एक सांसदका अनुसार त्यहाँ १३ जना सांसद मात्र रहेका छन् ।

जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष देउवाको नेतृत्वमा बहुमतको सरकार निर्माणको पक्षमा उभिएका बेला ठाकुर र महतोले आफूनिकट सांसदलाई रिसोर्टमा लगेर थुनेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छन् । सो समयभित्र बहुमत जुटाएर राष्ट्रपति समक्ष निवेदन दिने काँग्रेसको तयारी छ ।

अब देउवालाई बहुमतका लागि एमालेको नेपाल पक्षमा निर्वाचित सांसदको राजीनामा अनिवार्य भनेको छ । नेपाल पक्षले राजीनामा नदिए जसपाको उपेन्द्र र बाबुराम पक्षले साथ दिए पनि देउवा प्रधानमन्त्री बन्न सक्ने अवस्था छैन ।नयाँ सत्ता समीकरण बन्न एक सय ३६ सांसद आवश्यक हुन्छ । काँग्रेससँग ६१, माओवादी केन्द्रसँग ४८ (सभामुखबाहेक) र जसपासँग ३२ सांसद छन् । तर जसपाका १३ जना सांसदले साथ नदिँदा बहुमत नपुग्ने निश्चित छ । 

हाल प्रतिनिधिसभामा कायम सांसद संख्या २ सय ७१ मध्ये एमालेसँग अहिलेसम्म १२१ सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप