धुलिखेलका होटललाई कर मिनाहा
काभ्रे । धुलिखेल नगरपालिकाले कोभिड १९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । कोभिड १९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो बर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो ।
विहिबार कुरा गर्दै धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले कोरोनाका कारण अप्ठ्यारोमा परेका व्यवसायीहरुलाई व्यवसाय कर छुट दिन लागेका बताए । उनले होटल तथा पर्यटन व्यवसायले धुलिखेललाई महत्वपूर्ण योगदान दिएको भन्दै उनले आफुहरुले पनि व्यवसायीको समस्या बुझेर कर छुट दिने निर्णय गरेको बताए ।
धुलिखेल नगरपालिका क्षेत्रमा सामान्यदेखि विश्वस्तरीय होटलहरु सञ्चालनमा छन् । स्वच्छ वातावरण, हिमालको मनोरम दृश्य देख्न सकिने भएकाले सप्ताअन्तमा आराम गर्न जानेहरुको लागि धुलिखेल परिचित छ । धुलिखेल क्षेत्रका होटल व्यवसायले दिने सेवालाई पनि उत्कृष्ट मानिने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ महिने ‘जरा केन्द्रित’ कार्यक्रमको खाका बनाउँदै एमाले
-
तराईका अधिकांश विमानस्थलको उडान अवरुद्ध
-
खेतीपाती छाडेपछि रैथाने बाली कहाँबाट हुनु र ?
-
माओवादी केन्द्रीय समिति बैठकको तयारी पुरा, करिब २५ लाख खर्च हुने अनुमान
-
७ महिनामा ११ वटा देशको भ्रमण गरिसकेका मोदी निम्तो पाएर पनि किन आएनन् नेपाल ?
-
पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते