बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी साधनको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

बिहीबार, ३० वैशाख २०७८, १४ : ४८
बिहीबार, ३० वैशाख २०७८

रुपन्देहीको कन्चन गाउँपालिकाको–४ थकालीचोकमा ड्युटीमा खटिएका एक जना प्रहरी हवल्दारको दुर्घटनामा मृत्यु भएको छ ।

बिहीबार बिहान ड्युटीमा रहेकै अवस्थामा उनलाई एउटा सवारी साधनले ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी सत्यनारायण थापाका अनुसार बिहान अन्दाजी २ बजेको समयमा ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट थकालीचोकमा निषेधाज्ञाको चेकजाँचमा खटिएका प्रहरी हवल्दार कर्णबहादुर बुढा मगरको दुर्घटनामा मृत्यु भएको हो । उनलाई ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।

प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर २ घर भएका ३६ बर्षीय बुढा मगरको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने सवारी साधनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप