शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

करिना कपुर वा दीपिका पादुकोण, नितेश तिवारीको रामायणमा को बन्लान् सीता ?

बिहीबार, ३० वैशाख २०७८, १३ : ५३
बिहीबार, ३० वैशाख २०७८

फिल्म दंगलबाट चर्चामा आएका नितेश तिवारी महत्वाकांक्षी प्रोजेक्ट रामायणका लागि चर्चामा छन् । खबरका अनुसार यसमा ऋतिक रोशन र महेश बाबू मुख्य भूमिकामा हुनेछन् । साउथ सुपरस्टार प्रभासलाई रावणको भूमिकाका लागि प्रस्ताव गरिएको छ । अब महिला कास्टका लागि पनि नयाँ रिपोर्ट सार्वजनिक भएको छ ।

रामायणमा कसले निभाउनेछ सीताको भूमिका ?

पिपिङमुन डट कम का अनुसार करिना कपुर खान र दीपिका पादुकोणलाई सीताको भूमिकामा लिने हो कि भनेर चर्चा चलिरहेको छ । दुबै नायिकाले आफ्नो करियरमा पौराणिक फिल्ममा अभिनय गरिसकेका छन् । अब हेर्नुपर्ने छ कि सीताको भूमिका कुन नायिकाको पोल्टोमा पर्छ । फिल्मको कास्टको विषयमा अहिलेसम्म कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन ।

स्मरण रहोस् करिनाले फिल्म अशोकामा राजकुमारी कौरवाकीको भूमिका निभाएकी थिइन् । यस्तै दीपिकाले सञ्जय लीला भंसालीको फिल्ममा मस्तानी, पद्मावतीको भूमिका निभाएकी छिन् । यदि करिनाले यो फिल्ममा स्वीकारोक्ति दिइन् भने उनी सर्वाधिक महँगी नायिका बन्नेछिन् । स्मरण रहोस्, करिनाले करण जोहरको फिल्म तख्तमा महत्वपूर्ण भूमिका निभाउनेछिन् । हालका लागि तख्तको छायांकन स्थगित गरिएको छ ।

करिनाको आउँदो फिल्म लाल सिंह चड्डा हो । यसमा उनी आमिर खानको अपोजिटमा छिन् ।

यस्तै दीपिकालाई पछिल्लो पटक फिल्म छपाकमा देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप