मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियो
मकवानपुर । मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा थप हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बुधबार बसेको बैठकको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिले जारी निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । गत बैशाख १९ गते राति १२ बजेदेखि मकवानपुरमा निषेधाज्ञा जारी गरिएको थियो ।
पछिल्लो समय मकवानपुरमा कोरोनाको संक्रमण दर र मृत्यु दरलाई कम गर्न निषेधाज्ञालाई थप कडा बनाइने भएको छ । त्यस्तै बैठकले मर्निङ तथा इभनिङ्ग वाकमा पनि रोक लगाएको छ । कुनै पनि बहानामा व्यक्तिहरू घर बाहिर निस्कन र हिँडडुल गर्न नपाउने जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ ।
बैठकले निषेधाज्ञाको अवधिमा औषधि उपचार र खाद्य वस्तु तोकिएको समयमा नजिकका पायक पर्ने स्थानमा खरिद गर्नुपर्ने, अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, तथा तरकारी विक्री वितरण गर्ने पसल विहान ५ः०० बजेदेखि विहान ८ः ०० बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको छ ।
मकवानपुरमा औषधी पसल, पेट्रोलपम्प, ग्याँस डिपो, अक्सिजन सिलिन्डर पसल नियमित सञ्चालन गर्नुपर्ने र अन्य सबै प्रकारका व्यवसायहरू बन्द गराइने भएको छ । त्यस्तै बैठकले हेटौडा उपमहानगरपालिकाको मुख्य शहरी क्षेत्रको हकमा भने क्षेत्र तोकेर निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रको उत्तरमा चौकी टोल, दक्षिणमा कर्रा खोला, पश्चिममा थाना भर्याङ र पूर्वमा क्याम्पा डाँडाभित्रका औषधि र अक्सिजन सिलिन्डर बिक्री वितरण गर्ने पसल बाहेक अन्य अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न बिक्री वितरण गर्ने पसलहरू हप्तामा २ दिन मात्र खोल्न दिने निर्णय गरेको छ ।
उक्त क्षेत्रको अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न विक्री वितरण गर्ने पसलहरू साताको २ दिन मंगलबार र शुक्रबार मात्र बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म खोल्न पाइनेछ । औद्योगिक कच्चा पदार्थ, तयारी उत्पादन एवं खाद्यान्न बोक्ने सवारी साधनहरू हेटौंडा उपमहानगरपालिकाको तोकिएको शहरी क्षेत्रभित्र विहान १० बजेदेखि दिनको ३ बजेसम्म मात्र आवतजावत एवम् लोडअनलोड गर्न पाइने र सोही समयमा मात्र सवारी साधन मर्मत गर्ने वर्कसपहरू खोल्न दिइने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब