बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चितुवाको छालासहित एक पुरुष पक्राउ

बिहीबार, ३० वैशाख २०७८, १३ : ०५
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–३ स्थित कुरिलेबाट प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट–९ घर भएका ३६ वर्षीय वीरेन्द्रकुमार खत्री छन् ।

७ फिट ६ ईन्च लामो चितुवाको छाला बोकेर भे.४प ४८८७ नम्बरको मोटरसाइकलमा जाजरकोट जाँदै गरेका खत्रीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले पक्राउ गरेको हो । बुधवार दिउँसो पक्राउ गरेर उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप