नलगाड नगरपालिकाका सबै सेवा बन्द
जाजरकोट । नलगाड नगरपालिकाले कर्मचारी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना देखिएको भन्दै आजदेखि आफ्नो सेवा बन्द गरेको छ । यही वैशाख ३० गतेदेखि बन्द गरेको सेवा आगामी जेठ ३ गतेपछि मात्र सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । नगरपालिकाभित्रका सबै वडाबाट प्रवाह हुने सेवासमेत बन्द भएको छ । त्यस्तै वडा नं ११ का वडा सदस्यको मृत्युसमेत भइसकेको छ । दैनिक कोरोनाका कारण अवस्था चिन्ताजनक भएको भन्दै सेवा प्रवाह गर्न मुस्किल भएको नगरपालिकाले जनाएको छ ।
डिसीसीएमसी आर्थिक सङ्कटमा, काम गर्न मुस्किल
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र आर्थिक सङ्कट हुँदा काम गर्न मुस्किल भएको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका आइसोलेशन अनुगमन, निरीक्षण गर्नका लागि प्रयोग गर्नुपर्ने यातायातका साधन र सुरक्षा सामग्री नहुँदा काम गर्न मुस्किल भएको डिसीसीएमसी जनाएको छ ।
सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन पुराना भएकाले मर्मत तथा भाडामा लिनुपर्ने देखिएकाले डिसीसीएमसी बजेट नहुँदा काम गर्न समस्या भएकाले प्रदेश सरकारसँग बजेट माग गरिएको छ । सुरक्षा निकायले प्रयोग गरिरहेका यातायातका साधन पुराना भएकाले छिटोछरितो काम गर्नका लागि मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएको डिसिएमसीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान