झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
बिहीबार, ३० वैशाख २०७८, १२ : ४४

झापा । झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६३ प २७९० नंको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक किनारमा रोकेर राखिएको भारतीय नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक मेचीनगर–१२ का ३० वर्षीय कुजैहाङ लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकामा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
महाशिवरात्रि मेलाको तयारी पूरा