आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

बिहीबार, ३० वैशाख २०७८, १२ : १५
बिहीबार, ३० वैशाख २०७८

प्रदेश नम्बर २ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्वलाई मध्यनजर गर्दै शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिएको जनाएका हुन् । 

कोरोना महामारीलाई मध्यनजर गर्दै पोहोर झैँ यस वर्ष पनि घरमै स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत उनले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप