पूर्वएआईजीको घरमा कार्यरत प्रहरी परिचरद्वारा आत्महत्या
बिहीबार, ३० वैशाख २०७८, ११ : ४०
नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत प्रहरी सहयोगीले आत्महत्या गरेका छन् ।
कागेश्वरी मनहरा नगरपालिकाको मुलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार बिहान झुन्डिएर आत्महत्या गरेका हुन् ।
कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भएपछि उनलाई बस्न बम परिवारले छुट्टै टहरो बनाइदिएका थिए । घर नम्बर ६७४ सँगै रहेको टहरोमा धमलाले आत्महत्या गरेका हुन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगञ्जमा दरबन्दी भएका धमला ४ वर्षदेखि बमको घरमा कार्यरत थिए । धमला पत्थरीको बिरामी भएको र अप्रेशन गर्न बिदा माग्दा बमले ‘हेडक्वार्टरबाट अर्को मान्छे पठाएमात्र बिदा पाउँछौ’ भनेर हप्काएको परिवारका सदस्यहरुले आरोप लगाएका छन् । मृतक धमला ओखलढुंगाका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती