शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माधव नेपालसहित चारजना एमाले नेताको कारवाही फुकुवा

बिहीबार, ३० वैशाख २०७८, ११ : २३
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता लिएको छ । बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

​पार्टी एकता कायम राख्न त्यस्तो निर्णय गरेको एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिए । त्यस्तै बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

नेपाल पक्षका सांसदहरुले सामुहिक राजीनामाको तयारी थालेपछि ओली पक्षले उनीहरुलाई फकाउनका लागि कारवाही फिर्ता लिने निर्णय गरेको हो । नेपाल पक्षका सांसदहरुले राजीनामा दिए काँग्रेस–माओवादी–जसपाको विपक्षी गठबन्धनलाई नयाँ सरकार गठन गर्न सहज हुनेछ । सत्ता जोगाउनका लागि प्रतिकूल अवस्था सिर्जना भएसँगै ओली आफ्नो पूर्ववत् निर्णयबाट ‘ब्याक’ हुन बाध्य भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप