शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा २ हजार १ सय बेडको थप्न सीसीएमसीलाई सिफारिस

बिहीबार, ३० वैशाख २०७८, ११ : १९
बिहीबार, ३० वैशाख २०७८

प्रदेश १ सरकारले कोभिड–१९ संक्रमण दर उच्च भएसँगै संक्रमितको उपचार गर्न २ हजार १ सय बेड थप्नका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेशभरका ठूला अस्पतालहरुमा बेड थप्ने गरी सिफारिस गरिएको हो । 

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले तत्काल ठूला अस्पतालमा बेड विस्तारका लागि सीसीएमसीलाई सिफारिस निर्णय गरेको सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी दिइन् ।

उनले निर्णय कार्यान्वयनका लागि प्रदेश सरकारले आवश्यक सहयोग, समन्वय र अनुमतिका लागि प्रदेशस्तरीय कोरोना भाइरस सङ्कट व्यवस्थापन समिति (पिसिसिएमसी)ले प्रस्ताव केन्द्र समक्ष पठाउने निर्णय गरेको बताइन् ।
बैठकले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर, नोवल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर वी.एण्ड सी. अस्पताल, बिर्तामोडमा कम्तिमा ५००÷५०० वेड क्षमताको तथा न्यूरो, कार्डियो तथा मल्टी स्पेसियालिटिज अस्पताललाई १०० वेड क्षमताको कोभिड डेडिकेटेड अस्पताल संचालनका लागि आवश्यक सहयोग, समन्वय र अनुमतिका लागि पि.सी.सी.एम.सी.बाट सीसीएमसी समक्ष प्रस्ताव पठाएको पनि उनको भनाइ छ । 

त्यसैगरी निजी अस्पतालहरुलाई कोभिड उपचारमा दिइँदै आएको अनुदान रकम सम्बन्धमा अझ स्पष्ट बनाई थप अनुदान रकम उपलव्ध गराउनका लागिसमेत अनुरोध गरिएको छ । बैठकमा विराटनगर महानगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुख, निजी तथा सरकारी अस्पतालका सञ्चालकलगायतका सरोकारवालाको उपस्थिति थियो ।

हाल प्रदेश १ मा सञ्चालित १ हजार ९४ बेड क्षमताका ९ वटै कोभिड बिशेष अस्पतालमा ७ सय ६२ जना उपचाररत छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप