शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विहीबार पनि घट्यो सुनको मूल्य

बिहीबार, ३० वैशाख २०७८, ११ : ०८
बिहीबार, ३० वैशाख २०७८

गत मंगलबार अधिकतम ९२ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य क्रमशः घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार नेपाली बजारमा सुन प्रति तोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । 

 गत बुधबार बजारमा सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

आज तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ । 

त्यस्तै यता चाँदीको मूल्य पनि बिहिबार झिनो रकमले घट्न पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १० रुपैयाँले घट्दै एक हजार ३३५ रुपैयाँ कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप