भारतमा नयाँ संक्रमितमा पुनः बढोत्तरी, २४ घण्टामा ३.६२ लाख बिरामी भेटिए; लगातार दोस्रो दिन ४ हजारभन्दा बढी मृत्यु

भारतमा कोरोना संक्रमितको संख्यामा पछिल्लो २४ घण्टामा साधारण वृद्धि देखिएको छ । बुधबार ३ लाख ६२ हजार ६३२ नयाँ बिरामीको पहिचान भयो, ३ लाख ५२ हजार ५ जना निको पनि भए । पछिल्लो दुई दिनदेखि ३.५० लाखभन्दा कम संक्रमित भेटिएका थिए र यो भन्दा धेरै बिरामी निको भइरहेका थिए । पछिल्लो २४ घण्टामा भारतमा ४,१२८ जनाको मृत्यु पनि भएको छ । कोरोनाका कारण ४ हजारभन्दा बढीको मृत्यु भएको यो दोस्रो दिन हो ।
भारतमा यो महामारीको चपेटमा हालसम्म २.३७ करोड मानिस आइसकेका छन् । यसै गरी कूल १.९७ करोड मानिस निको भइसकेका छन् । पछिल्ला केही दिनदेखि दैनिक ३ लाखभन्दा बढी मानिस दैनिक निको भइरहेका छन् । त्यसैले आज यो आँकडा २ करोड पार भएको छ । हाल कूल ३७.०६ लाख मानिसको उपचार चलिरहेको छ ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा कूल देखिएका नयाँ संक्रमितः ३.६२ लाख
पछिल्लो २४ घण्टा कूल मृत्युः ४,१२८
पछिल्लो २४ घण्टामा कूल निको भएका बिरामीः ३.५२ लाख
हालसम्म कूल संक्रमित भइसकेकाः २.३७ करोड
हालसम्म निको भइसकेकाः १.९७ करोड
हालसम्म कूल मृत्युः २.५७ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३७.२२ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण