शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिशाको ओठमा टेप लगाएर सलमानले गरेका थिए 'किस सीन'

बिहीबार, ३० वैशाख २०७८, १० : ५३
बिहीबार, ३० वैशाख २०७८

बलिउडका सुपर स्टार सलमान खानको फिल्म “राधेः योर मोस्ट वान्टेड भाई’’ को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलर धेरैले मन पराएका छन् ।

सलमान खानले दिशालाई चुम्बन गरेको दृश्य भने सबैको चर्चाको विषय बनेको छ ।  

सलमान खानले फिल्मका यस्ता दृश्य दिने गरेका थिएनन् । तर फिल्ममा सलमानले यो सिन गर्नैपर्ने भएपछि उनले दिशाको ओठमा टेप लगाएर सिन दिएका थिए ।

दिशा पाटनीले सलमानसँग आफ्नो अनुभवको बारेमा बयान गर्दै फिल्मको माग र निर्देशकको आदेशको अगाडि सबैले फिल्मको कथाअनुसार सिन दिनुपर्ने समेत बताएकी छन् । 

दिशाले थुप्रै वटा फिल्ममा किस सिन दिएकी छिन् । तर उनले सलमानसँगको अनुभव आश्चर्य लाग्दो भएको बताएकी छन् । उनले जुम डिजिटललाई अन्तरवार्ता दिँदै उनले अभिनेता तथा अभिनेत्रीले निर्देशकको सोचलाई पछ्याउनुपर्ने बताएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप