शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एथलेटिको म्याड्रिडको उपाधि दौड बलियो

बिहीबार, ३० वैशाख २०७८, ०९ : ४८
बिहीबार, ३० वैशाख २०७८

रियल सोसिडाडमाथि २–१ को जित निकाल्दै एथलेटिको म्याड्रिडले स्पेनिस ला–लिगा फुटबलको उपाधि दौड बलियो बनाएको छ  । लिगमा बाँकी रहेका दुई खेल जित्ने हो भने उपाधि एथलेटिकोको हुनेछ । 

अहिलेसम्म ३६ खेलबाट ८० अंक बटुल्दै एथलेटिको शीर्ष स्थानमा छ । ३६ खेलबाट ७६ अंक बटुलेको बार्सिलोना दोस्रो र ३५ खेलबाट ७५ अंक बटुलेको रियल म्याड्रिड तेस्रो स्थानमा छन् । त्यस्तै, चौथो स्थानको सेभियाको ७० अंक छ । 

एथलेटिकोले घरेलु मैदानमा सोसिडाडलाई निकै दबाबमा राखेपनि गोल भने धेरै गर्न सकेन । यान्निक कारास्कोले १५ औं गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा एन्जेल कोरेराले गोल गर्दा एथलेटिकोले अग्रता दोब्बर पारे । डिएगो सिमोनीको प्रशिक्षणमा रहेको एथलेटिकोले खेलमा त्यसपछि पनि लगातार अवसर सिर्जना ग¥यो । 

एथलेटिकोलाई उपाधितर्फ अग्रसर गराउने क्रममा मार्कोस लोरेन्टेले पनि निकै उत्कृष्ट खेलेका थिए । तर, लुईस सुआरेजले धेरै अवसरहरू खेलेर फाल्दा एथलेटिकोले आफ्नो अग्रतालाई लम्ब्याउन भने सकेन । यस सिजन ला–लिगामा १९ गोल गरिसकेका सुआरेजले पछिल्ला पाँचवटा लिग खेलमा भने कुनै गोल गर्न सकेका छैनन् । 

खेलको ८३ औं मिनेटमा रियल सोसिडाडका तर्फबाट इगोलर जुबेल्डियाले एक गोल फर्काएका थिए । हारका बाबजुद रियल सोसिडाड ३६ खेलबाट ५६ अंकसहित  ला–लिगाको पाँचौ स्थानमा कायमै छ । एक खेल कम खेलेको रियल बेटिस ५४ अंकसहित छैटौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप