बेलायतमा कोरोनाबाट थप ११ को मृत्यु, दुई हजार बढी संक्रमित

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६४० पुगेको छ।
यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार २८४ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ सँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ४१ हजार ९७५ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ५८ हजार २३२ छ भने ४२ लाख ५६ हजार १०३ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ । सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लाग्दै गएको छ भने निको हुनेको संख्या पनि थपिँदै गएको छ ।
५ करोड ४१ लाख बढी डोज खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ४१ लाख ६० हजार ९९३ डोज खोप वितरण भएको छ । जसमध्ये ३ करोड ५७ लाख २२ हजार ४६१ जनाले पहिलो र एक करोड ८४ लाख ३८ हजार ५३२ जनाले दोस्रो डोज लगाएका छन् । सरकारले भोलिबाट इङ्ग्ल्याण्ड ३८ र ३९ वर्ष उमेर पुगेकालाई खोप बुकिङ्गको लागि खुला गर्ने भएको छ । सो उमेर समूहका मानिसलाई नेशनल हेल्थ सर्भिस (एनएचएस) ले खोपको लागि दर्ता गर्न म्यासेज मार्फत पनि जानकारी गराउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने