सरकारको मात्र भर नपरौँ, डरलाग्दो अवस्था सृजना भैसक्यो : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले कोरोना महामारीका कारण मुलुकमा डरलाग्दो अवस्था सृजना भएको बताएका छन् । कोरोना संक्रमणको जोखिम ह्वात्तै बढिरहेका बेला नेता पुनले सरकारले सम्पूर्ण प्रयत्न अक्सिजनको उत्पादन, बितरण र समन्वयमा लगाउन अति आवश्यक भैसकेको बताए ।
बुधबार सामाजिक सञ्जालमार्फत नेता पुनले भनेका छन्- ‘राजधानीमा रहेका ठुला ठुला अस्पतालले अक्सिजनका कारणले बिरामी लिन नसक्ने घोषणा गरेका छन् । त्यतिमात्र होइन उपचाररत बिरामी पनि राख्न नसक्ने बताइरहेका छन् । कति डरलाग्दो अवस्था छ ? प्रधानमन्त्री स्थिति नियन्त्रणमा छ भनिरहेका छन् । स्वास्थ्यमन्त्री कमिसनको कुरा गरिरहेका छन् ।’
नेता पुनले यस्तो बेला सरकारको मात्र भरोसा गरेर बस्न नहुने बताएका छन् । उनले भनेका छन्- ‘स्वास्थ्य मन्त्रालयलाई अस्पतालमा उपचार क्षमता बाँकी रहेको बताउँदै मरेका र संक्रमितको आँकडा दिनमा फुर्सद छैन । यस्तो अवस्थामा सरकारको भरोसा मात्र भन्दा पनि राजनीति दल, भगिनी संगठन, नीजि क्षेत्र, संघ संगठन, बिदेशमा रहेका नेपाली दिदी बहिनी, दाजु भाइको विशेष सहयोग आवश्यक छ ।’
पूर्वमन्त्री समेत रहेका नेता पुनले कोरोना संकटसँग जुध्न सबैलाई आ–आफ्नो ढंगले क्रियाशील बन्न अनुरोध समेत गरेका छन् । उनले मंगलबार रोल्पाबाट उद्धार गरिएका श्यामबहादुर बुढालाई धेरै हारगुहार गरेर आईसीयुमा भर्ना गरिएको बताउँदै जुनसुकै अस्पतालमा जाँदा पनि अक्सिजन छैन भन्ने जवाफ पाएको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
सिटामोल र जीवनजलको उत्पादन रोकियो
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक
-
अफगानिस्तानले बनायो हालसम्मकै विशाल स्कोर, यूएईसामु ३६० रनको लक्ष्य
-
आन्दोलनमय राजधानी: अस्तव्यस्त सडक, मारमा जनता
-
सेनाको नक्कली पोसाक लगाई डर देखाएर जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान