केन्द्रीय संस्करण

सरकारको मात्र भर नपरौँ, डरलाग्दो अवस्था सृजना भैसक्यो : वर्षमान पुन

person explore access_timeबैशाख २९, २०७८ chat_bubble_outline2

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले कोरोना महामारीका कारण मुलुकमा डरलाग्दो अवस्था सृजना भएको बताएका छन् । कोरोना संक्रमणको जोखिम ह्वात्तै बढिरहेका बेला नेता पुनले सरकारले सम्पूर्ण प्रयत्न अक्सिजनको उत्पादन, बितरण र समन्वयमा लगाउन अति आवश्यक भैसकेको बताए ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता पुनले भनेका छन्- ‘राजधानीमा रहेका ठुला ठुला अस्पतालले अक्सिजनका कारणले बिरामी लिन नसक्ने घोषणा गरेका छन् । त्यतिमात्र होइन उपचाररत बिरामी पनि राख्न नसक्ने बताइरहेका छन् । कति डरलाग्दो अवस्था छ ? प्रधानमन्त्री स्थिति नियन्त्रणमा छ भनिरहेका छन् । स्वास्थ्यमन्त्री कमिसनको कुरा गरिरहेका छन् ।’

नेता पुनले यस्तो बेला सरकारको मात्र भरोसा गरेर बस्न नहुने बताएका छन्  । उनले भनेका छन्- ‘स्वास्थ्य मन्त्रालयलाई अस्पतालमा उपचार क्षमता बाँकी रहेको बताउँदै मरेका र संक्रमितको आँकडा दिनमा फुर्सद छैन । यस्तो अवस्थामा सरकारको भरोसा मात्र भन्दा पनि राजनीति दल, भगिनी संगठन, नीजि क्षेत्र, संघ संगठन, बिदेशमा रहेका नेपाली दिदी बहिनी, दाजु भाइको विशेष सहयोग आवश्यक छ ।’ 

पूर्वमन्त्री समेत रहेका नेता पुनले कोरोना संकटसँग जुध्न सबैलाई आ–आफ्नो ढंगले क्रियाशील बन्न अनुरोध समेत गरेका छन् । उनले मंगलबार रोल्पाबाट उद्धार गरिएका श्यामबहादुर बुढालाई धेरै हारगुहार गरेर आईसीयुमा भर्ना गरिएको बताउँदै जुनसुकै अस्पतालमा जाँदा पनि अक्सिजन छैन भन्ने जवाफ पाएको सुनाए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. May 13, 2021, 10:11 a.m. ravi chhetri
    timila corrupt garera kamako jati paisa nikala kehi rahat huncha
  2.  0 Reply
  3. May 12, 2021, 11:20 p.m. Bal Gurung
    Jyanmara Barshaman Pun, don't blame only to Government now. You were also in the cabinet before. What did you do for the country. You are the one who didn't appoint to Kulman Ghising to continue his post.
  4.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.