कोरोनाबाट रेडियोका स्टेशन म्यानेजर चौधरीको मृत्यु
बुधबार, २९ वैशाख २०७८, २२ : ३३
रौतहट । रेडियो मधेस मसला गरुडाका स्टेसन म्यानेजर मनोज कुमार चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गरुडा नगरपालिका घर भएका पत्रकार चौधरीको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बुधबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।
घरमै रहेका बेला कोरोना संक्रमित भएका ४० वर्षीय चौधरी पछिल्लो २ सातादेखि नारायणी अस्पताल वीरगञ्जमा उपचाररत रहेका थिए । कोरोना संक्रमणका कारण मंगलबार मात्रै प्रेस युनियनका कोषाध्यक्ष रामादेवी यादवको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार