बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरि नगरपालिका पूर्ण लकडाउनमा जाँदै, हिँडडुल गर्न समेत रोक

औषधि पसल र स्वास्थ्य संस्थाबाहेक सबै बन्द
बुधबार, २९ वैशाख २०७८, २२ : १६
बुधबार, २९ वैशाख २०७८

चन्द्रागिरि नगरपालिकालाई आगामी जेठ* १ गते पूर्णरुपमा लकडाउन गरिने भएको छ । नगरपालिकाका नगर प्रमुखको अध्यक्षता बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगरपालिका पूर्णरुपमा बन्द गरी सिल गर्ने निर्णय गरेको हो ।

यस अवधिभर घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाउनुका साथै औषधि पसल र स्वास्थ्य संस्थाका सेवाबाहेक अन्य सेवा र पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ । चिनियाँ खोपको दोस्रो मात्रा लगाउनका लागि भने मानिसहरुले पहिलो पटक लगाएको खोपको कार्डका साथ तोकिएको मितिमा खोप केन्द्रसम्म भने यात्रा गर्न पाउनेछन् ।

हेर्नुहोस् सूचना :

*यसअघि चैत भएकाेमा सच्याइएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप