शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाबीच पनि नेपालमा संक्रमण दर ४५ प्रतिशत, सक्रिय संक्रमित १ लाख बढी

बुधबार, २९ वैशाख २०७८, २१ : ३१
बुधबार, २९ वैशाख २०७८

नेपालमा कोरोनाभाइरसको संक्रमण दर अझै उच्च रहेको छ । देशका अधिकांश भागमा निषेधाज्ञा जारी रहँदा पनि नेपालको संक्रमणदर उच्च रहेकोमा विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् । पछिल्ला केही दिनमा नेपालमा प्रति दिन ९ हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् । बुधबार पनि नयाँ संक्रमितको संख्या ९ हजार बढी रहेको छ । कूल २० हजार ७८६ जनाको परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भयो । यसले परीक्षण गरेका मध्ये ४५ प्रतिशतमा संक्रमण पुष्टि भइरहेको देखाउँछ ।

सबैभन्दा बढी काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल ३९२४ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा कूल संक्रमितको संख्या ४ लाख २२ हजार ३४९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ । सक्रिय संक्रमित मध्ये ९४ हजार ३४३ जना होम आइसोलेसनमा, ७ हजार २९१ संस्थागत आइसोलेसनमा, १ हजार २४१ जना आईसीयूमा र २८५ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै ३०–३९ उमेर समूहका रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ४ हजार ४४४ जना निको पनि भएका छन् । नेपालमा कूल संक्रमित मध्ये ३ लाख १६ हजार ४६३ रहेको छ । नेपालमा निको हुने दर घटेर ७४.९ प्रतिशत पुगेको छ ।

नेपालमा मृत्यु हुनेको संख्या ४ हजार २५२ रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको सूचीमा १६८ जना थपिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप