शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ खोपकाे दोस्राे डाेज : कसले कति गते लगाउने ?

बुधबार, २९ वैशाख २०७८, २० : १४
बुधबार, २९ वैशाख २०७८

कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा जेठ दुई गतेदेखि लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णय अनुसार स्वास्थ्य कार्यालय, काठमाडौंबाट खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप पहिलो मात्रा दिँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रमा अत्याधिक भिडभाड भएको भन्दै स्थगित गरेको थियो । 

काठमाडौं उपत्यकामा दोस्रो चरणको भेरोसेल खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोक्न, भिडभाड हुन नदिन र कुपन वितरण व्यवस्था मिलाउन निर्देशन यस अघि नै स्वास्थ्य कार्यालय काठमाडौंले दिएको थियो । 

खोप काठमाडौँ महानगरपालिका, कीर्तिपुर, नागार्जुन, चन्द्रागिरि, तारकेश्वर,  बुढानिलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाका खोप केन्द्रमा अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । 

यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले लगाउन पाउने छन् । खोप अभियान सञ्चालनका क्रममा सुरक्षाको व्यवस्था जिल्ला प्रशासन  कार्यालयले मिलाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप