केन्द्रीय संस्करण

सिद्धार्थ बैंकद्वारा कोरोना नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग

person explore access_timeबैशाख २९, २०७८ chat_bubble_outline0

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारलाई १ करोड ४ लाख सहयोग गरेको छ । बैंकले वैशाख २९ गते बुधबारका दिन कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको हो । 

बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाखका दरले ३४ लाख सहयोग गरेको हो । 

हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसँगको समन्वयमा बैंकले देशभरका विभिन्न शाखाहरूबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.