सुनसरीमा जेठ १५ गतेसम्म निषेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा निषेधाज्ञाको समयावधि थप गरेको छ। जिल्ला प्रशासन कार्यालयले वैशाख ३१ गते मध्यराति १२ः०० बजेदेखि जेठ १५ गते मध्यराति १२ः०० बजेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । सो समयमा औषधि पसल तथा अस्पतालबाहेक अन्य कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाइने आदेश जारी गरिएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण तिव्र रुपमा विस्तार हुँदै गएपछि नियन्त्रण रोकथामका लागि जारी निषेधाज्ञालाई कडाई गर्न लागिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । प्रजिअ ढकालले जिल्ला सदरमुकाम इनरुवा, इटहरी र र धरानमा संक्रमणको दर उच्च रही मानवीय क्षतिसमेत भइरहेको अवस्थालाई मध्यनजर गर्दै जेठ १५ गतेसम्मका लागि अस्पताल बाहेकका अन्य व्यवसाय सञ्चालनमा रोक लगाइएको बताए ।
सो अवधिमा अत्यावश्यक बाहेकका अन्य सबै सवारी साधनको सञ्चालनमा पूर्ण रुपमा बन्देज लगाइएको छ । मोटरसाइकल र सिटी सफारीसमेत सञ्चालन गर्न नपाइने गरी आदेश जारी गरिएको हो । अत्यावश्यक सवारी साधनहरु जस्तैः एम्बुलेन्स, दमकल, शव वाहन, खानेपानी, इन्धन, खाद्यान्न, तरकारी, फलफूल, दुध आदि बोक्ने सवारी विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोको सहज जित
-
नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?
-
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार