शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भीमेश्वर नगरपालिकाद्वारा कोरोनाबाट सङ्क्रमितलाई निःशुल्क उपचारको घोषणा

बुधबार, २९ वैशाख २०७८, १९ : ०८
बुधबार, २९ वैशाख २०७८

चरिकोट । दोलखाको भीमेश्वर  नगरपालिकाले कोरोनाबाट सङ्क्रमित नगरवासीलाई निःशुल्क उपचार तथा पोषण र एम्बुलेन्स खर्च गरी जनही रु दश हजार दिने निर्णय गरेको छ । नगरभित्रका नागरिक सङ्क्रमित भएमा रु दुई हजार पोषण खर्च र बिरामीलाई अन्य स्थानमा लैजानुपरे रु आठ हजार एम्बुलेन्स खर्च दिने निर्णय भएको नगरप्रमुख भरतबहादुर केसी जानकारी दिए ।

यस्तै कोरोनाबाट नागरिकको मृत्यु भएमा मृतक परिवारलाई सामाजिक कार्य गर्न रु १५ हजार दिइनेछ । सो नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित चरीकोट अस्पतालमा हाल चालीस शैय्याको आईसोलेशन कक्ष निर्माण गरिएको छ । कोभिड–१९ को दोस्रो लहरबाट नगरपालिका ९५ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप