बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अक्सिजन अभावमा बुटवलमा ५ संक्रमितको मृत्यु

बुधबार, २९ वैशाख २०७८, १८ : ५०
बुधबार, २९ वैशाख २०७८

बुटवल । अक्सिजन अभावमा बुटवलमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अक्सिजनको अभावमा बुटवल धागो कारखानाको कोरोना विशेष अस्थाई अस्पतालमा बुधबार ५ जना संक्रमितको ज्यान गएको हो ।  लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.राजेन्द्र खनालले अक्सिजनको अभावमा ५ जनाको ज्यान गएको बताए । उनले अब आवश्यक अक्सिजनको सुनिश्चितता नभएसम्म नयाँ बिरामी भर्ना गर्न सकिने अवस्था नरहेको बताए ।

मृत्यु हुनेमा ४ पुरुष र १ महिला छन् । अस्पतालका अनुसार मृत्यु हुनेमा बर्दघाटकी ४४ वर्षीय महिला, बुटवल ८ का २९ वर्षीय पुरुष , बुटवल ११ का ५२ वर्षीय पुरुष, बुटवल १२ का ५९ वर्षीय पुरुष र  १३ का ५२ वर्षीय पुरुष रहेको बताइएको छ ।

प्रतिघण्टा १५ वटा सिलिन्डर र थप ५० वटा स्टक सिलिन्डरको सुनिश्चितता नभए अस्पतालमा नयाँ बिरामी भर्ना गर्ने अवस्था नरहेको डा.खनालले बताए । उनले अस्पताल भित्रको प्लान्टबाट दैनिक २० सिलिन्डर अक्सिजन उत्पादन गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप