बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वस्तु आयात गर्न झण्डै एक वर्षलाई पुग्ने विदेशी मुद्रा नेपालसँग

बुधबार, २९ वैशाख २०७८, १७ : ०८
बुधबार, २९ वैशाख २०७८

नेपाललाई झण्डै एक वर्षलाई पुग्ने वस्तु आयातका लागि चाहिने विदेशी मुद्रा सञ्चितीमा रहेको छ ।  चैत मसान्तसम्म १४ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

२०७७ असार मसान्तमा यस्तो मुद्राको सञ्चिति १४ खर्ब १ अर्ब ८४ करोड रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति चैत मसान्तमा २.७ प्रतिशतले वृद्धि भई ११ अर्ब ९६ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति चैत मसान्तमा २.२ प्रतिशतले वृद्धि भई १२ खर्ब ५३ अर्ब १७ करोड पुगेको छ । बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति  चैत मसान्तमा २.५ प्रतिशतले वृद्धि भइ १ खर्ब ८० अर्ब १० करोड पुगेको छ ।

२०७७ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.९ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले भनेको छ ।

विदेशी विनिमय सञ्चितिको कुल ग्राहस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरु क्रमशः ३३.६ प्रतिशत, ८९.९ प्रतिशत र २९.७ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप