भरुवा बन्दुक पड्किँदा मकवानपुरमा १ जना घाइते
बुधबार, २९ वैशाख २०७८, १६ : ३३

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–७ स्थित भालेडाँडा जंगलमा भरुवा बन्दुक पड्किएर एकजना घाइते भएका छन् । भाले डाँडा सामुदायिक वनमा बाख्रा चराउन गएका गगनबहादुर सिञ्जाली घाइते भएका हुन् ।
असावधानीपूर्वक बन्दुक पड्किँदा बन्दुक बोकेर जंगल भएका सिञ्जाली घाइते भएका हुन् । उनलाई आफन्तले हेटौंडास्थित सन्चो अस्पतालमा उपचार गराउन लगेपछि प्रहरीले घटना थाहा पाएको थियो । उनको कम्मरको दायाँ भागमा चोट लागेको छ ।
अवैध रुपमा गनगन बहादुरले प्रयोग गरेको बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (डिएसपी) जयश्वर रिमालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
-
नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण