बजार महँगी घट्यो
नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको बजार महँगी आधा भन्दा बढि घटेको छ । बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा उपभोक्ता मुद्रास्फीति (महँगी) ३.६४ प्रतिशतले घटेर ३.१० प्रतिशत कायम भएको छ । जबकी गत वर्ष यस्तो मुद्रास्फीति ६.७४ प्रतिशत रहेको बैंकले जनाएको छ ।
चालू आर्थिक वर्षको ९ महिना (साउन देखि चैतसम्ममा) खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशतले र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको बैंकले जनाएको छ ।
गत वर्षको चैतको तुलनामा चालू आर्थिक वर्षको चैतमा घ्यू तथा तेल, मासु तथा माछा, सुर्तीजन्य पदार्थ र गैर मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमश? २१.३८ प्रतिशत, १२.६१ प्रतिशत, १०.४१ प्रतिशत र १०.१८ प्रतिशत रहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार समिक्षा अवधिमा काठमाडौं उपत्यकामा ३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, पहाडमा ३.३८ प्रतिशत र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार