शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

९ महिनामा ७ खर्ब २९ अर्ब रेमिट्यान्स भित्रियो

बुधबार, २९ वैशाख २०७८, १६ : २४
बुधबार, २९ वैशाख २०७८

 चालू आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७ खर्ब २९ अर्ब माथि पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार ९ महिनाको आर्थिक तथ्याङ्क सार्वजनिक गर्दै बैंकले विदेशी मुद्रा आप्रवाह रेमिट्यान्स १६ दशमलभ ५ प्रतिशतले वृद्धि हुँदै ७ खर्ब २९ अर्ब २ करोड पुगेको जनाएको हो । 

जबकी गत वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ४ दशमलव २ प्रतिशतले घट्न पुगेको थियो । 
राष्ट्र बैंकका अनुसार ९ महिनामा अमेरिकी डलरमा यस्तो विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ६ अर्ब ज्ञढ करोड पुगेको छ । 

सो अबसरमा बैंकले समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६६ दशमलभ ७ प्रतिशतले घटेको जनाएको छ भने, अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० दशमलभ २ प्रतिशले बढेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप