शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हेटौँडा अस्पतालको कोभिड उपचार कक्ष संक्रमितले भरिए

बुधबार, २९ वैशाख २०७८, १५ : ३९
बुधबार, २९ वैशाख २०७८

हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै वेड कोरोना संक्रमितले भरिएका छन् ।
कोरोना संक्रमितहरुको उपचारका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले संचालनमा ल्याएको उक्त उपचार कक्षका सबै वेड संक्रमितले भरिएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।
अस्पतालले २० वेडको व्यवस्था गरी संक्रमितको उपचार कार्य सुरु गरेको थियो । 
अस्पतालले संक्रमितको संख्या बढ्दै गएपछि २० वेड क्षमतालाई विस्तार गर्दै हाल ४६ वेडको कोभिड उपचार कक्ष संचालनमा ल्याएको छ । 
अस्पतालमा १४ वेड आइसियू, १६ वेड एचडियू, १६ वेड स्टेप डाउन र ४ वटा भेन्टिलेटर संचालनमा रहेका छन् ।

विरामीको आवश्यकताका आधारमा रोटेसनमा भेन्टिलेटरको प्रयोग गरिँदै आएको उनले बताए । 
अस्पतालमा हाल आइसियूमा १५ जना, एचडियूमा १६ जना र स्टेपडाउनमा १६ जना संक्रमितहरु उपचाररत रहेका छन् । उपचाररत ३ जना कोरोना संक्रमितको अवस्था भने गम्भीर रहेको छ । 
केही संक्रमितहरुलाई भने इमर्जेन्सी कक्षमा नै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालले स्टेप डाउनका वेडलाई संक्रमितको अवस्था र आवश्यकताका आधारमा बढाउने काम गरिरहेको डा. काफ्लेले बताए ।
अवस्था यस्तै रहने हो भने अस्पतालले नयाँ संक्रमितलाई भर्ना लिन नसक्ने अवस्था आउने र स्थिती भयावह हुने निश्चित रहेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप