मन्त्री रायमाझीले अर्घाखाँची पठाए स्वास्थ्य सामाग्री

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृहजिल्ला अर्घाखाँचीका लागि स्वास्थ्य सामाग्री पठाएका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै मन्त्री रायमाझीले जिल्लावासीका लागि अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर, सर्जिकल माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री पठाएका हुन् ।
वुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्री रायमाझीले अक्सिजन सिलिन्डर २३ पिस, अक्सिजन कन्सनटेटर ५ पिस, भिटिम १८०० पिस, एन्जिन ४०० पिस, सर्जिकल माक्स २७०० पिस, सेनिटाइजर १५ लिटर, अक्सोमिटर ७ पिस, डिजिटल थर्ममिटर २० पिस र पिपिए १९० पिस पठाइएको जानकारी दिएका छन् ।
उनले पन्जा २०० पिस, चश्मा ५० पिस र फेस सिड ५० पिस पठाइएको जानकारी दिएका छन् । मन्त्री रायमाझीले कोभिड १९ बाट संक्रमण भई उपचाररत सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । मन्त्री रायमाझीले उपचारको क्रममा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाजुको औद्योगिक क्षेत्रमा आगलागी
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्
-
वीरगञ्जमा हनुमान जयन्त्रीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच झडप
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात