राष्ट्रिय जनमोर्चाद्वारा सांसद कृष्ण थापालाई कारवाही, पोखरा छाडेर बागलुङ पुगे
पोखरा । पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई संसदीय दलको नेताको नेताबाट हटाएको छ । महासचिव मनोज भट्टद्वारा हस्ताक्षरित पत्रमा थापालाई तत्काल दलको नेताबाट हटाइ सो विवरणको पत्र सचेतकमार्फत संसद सचिवालयमा बुझाउने निर्णय गरिएको बताइएको छ । जनमोर्चाको संसदीय दलको बैठकले नयाँ सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णयविरुद्धको काम कारवाहीमा थापा संलग्न रहेको बताएको छ ।

यता, गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेललाई नयाँ सरकार गठनका लागि हस्ताक्षर बुझाउने समय नजिकिएसँगै थापाले पोखरा छाडेका छन् । काँग्रेस नेतृत्वको नयाँ गठबन्धनमा जनमोर्चाका तर्पmबाट हस्ताक्षर गर्न बाँकी रहेका उनी हस्ताक्षर बुझाउने समय नजिकिएपछि पोखरा छाडेर गृह जिल्ला बागलुङ तर्फ लागेका हुन् ।
सांसद थापाले काम विशेषले अहिले पोखरा छाडेर गृहजिल्ला बाग्लुङस्थित घर पुगेको बताए । उनले नयाँ गठबन्धनका लागि आफूले हस्ताक्षर नगर्ने भनेर पार्टीमा हिजो नै जानकारी गराएको पनि बताए । गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्न पार्टीले निर्देशन दिए पनि थापाले काँग्रेस नेतृत्व स्वीकार नगर्ने भन्दै हस्ताक्षर गर्न मानेका छैनन् ।
वैशाख १५ गते अविश्वास प्रस्तावमा मतदान तोकिएका दिन बिनासूचना सांसद खिमविक्रम शाही बेपत्ता भएपछि पोखरा आएका पार्टीका महासचिव मनोज भट्टले थापाको हस्ताक्षर अन्तिम समयसम्म आउने बताउँदै आएका छन् । तर, सांसद थापाको हस्ताक्षर ल्याउने समय घर्किँदै गर्दा उनी बागलुङतर्फ लागेका हुन् । उनले प्रदान गर्ने एक मत नै सरकार बन्ने र नबन्नेमा निर्णायक बनेको अवस्थामा पोखरा छाड्नुलाई अर्थपूर्ण रुपमा लिईएको छ ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समय आज अपरान्ह ४ बजेसम्म मात्र कायम छ । यदी तोकिएको समयभित्र नयाँ गठबन्धनका दलले हस्ताक्षर बुझाउन नसकेको अवस्थामा ठुलो दलको हैसियतमा पुनः पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्रीमा नियुक्त हुने छन् ।
गण्डकी प्रदेशमा ६० जना प्रदेश सभा सदस्य रहेका छन् । जसमध्ये एमालेका २७ जना, कांग्रेसका १५ जना, माओवादी केन्द्रका १२ जना, जनमोर्चाका ३ जना जसपा २ र स्वतन्त्रबाट एक जना सांसद रहेका छन् । नयाँ सरकार गठनका लागि ३१ जना सांसदको आवश्यकता पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण