काँग्रेसको कार्यालयमा स्वास्थ्यकर्मीको अस्थायी आवास
बुधबार, २९ वैशाख २०७८, १५ : १२

बुटवल । नेपाली काँग्रेस रुपन्देहीको कार्यालयलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको अस्थायी आवास गृह बनाइएको छ ।
भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरी बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अस्थायी आवास बनाइएको काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।
कोरोना महामारी बढ्दै गएको तथा अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भइरहेको अवस्थामा यसअघि नै काँग्रेस रुपन्देहीले दुईतले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।
सोही बमोजिम भीम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवासको रुपमा प्रयोगमा ल्याइएको रज्जाकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी