बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सहकारी संघ-संस्थालाई अत्यावश्यक बाहेकका सेवा स्थगन गर्न विभागको निर्देशन

बुधबार, २९ वैशाख २०७८, १५ : ०६
बुधबार, २९ वैशाख २०७८

काठमाडौं । निषेधाज्ञाका बीच पनि सेवा सन्चालन गरिरहेका सहकारी संघ, संस्थाहरुलाई अत्यावश्यक बाहेकका सबै सेवाहरु तत्काल स्थगन गर्न सहकारी विभागले देशव्यापी अपिल गरेको छ ।  कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरले मुलुकलाई आक्रान्त पार्दै लगेपछि विभागले अवस्था सहज नभए सम्मका लागि सहकारीलाई नियमित सेवा स्थगन गर्न आग्रह गरेको हो ।

विभागले बुधबार एक सूचना जारी गर्दै मुलुकभरीका सहकारी संघ संस्थालाई ‘अत्यन्त जरुरी र अत्यावश्यक कार्यहरु तथा सेवाहरु मात्र अत्यन्त कम जनशक्तिबाट स्थानीय प्रशासनसँगको पूर्ण समन्वयमा सञ्चालन गर्न’ र बाँकी सेवाहरु बन्द गर्न आग्रह गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप