बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा अक्सिजनको  चरम  अभाव, थप ६ संक्रमितको मृत्यु

बुधबार, २९ वैशाख २०७८, १४ : ४०
बुधबार, २९ वैशाख २०७८

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको  चरम अभाव  भएको  छ । अस्पतालका  मेसु डा. राजेन्द्र  खनालले  अक्सिजनको  चरम  अभाव  भएको  बताए  । ‘दैनिक आपूर्ति हुने  करिब  २५०  सिलिन्डर हो , खपत   झन्डै  ४  सय  सिलिन्डर हुन्छ’  उनले  भने, ‘अक्सिजनको  चरम  अभाव भएको  छ ।’

यसैबीच  हिजो साँझ  ७ बजेदेखि बिहान  ६ बजेसम्म  ६ जना कोरोना सङ्क्रमितको  मृत्यु  भएको  अस्पतालले जनाएको छ  । त्यसमध्ये  रुपन्देहीका मात्र  ५ जना रहेका छन् ।  मृतक एकजना पाल्पाका रहेको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए। गएरातिबाट आज बिहानसम्म गरी थप ६ संक्रमितको मृत्यु भएको उनले जानकारी दिए   ।

मृत्यु हुनेमा ५ जना पुरुष र एक महिला रहेका छन्। मृत्यु हुनेहरुमा ५७  , ७०, ३५, ३८, ४४ र ५२ वर्षका रहेको गौतमले बताए ।  उनीहरूमध्ये ५ जना अस्पतालको इमर्जेन्सी वार्डमा र एक जना एचडीयूमा भर्ना  भएका  थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप